पीपलले कुन-कुन रोगमा फाइदा गर्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०८०, बुधबार ०६:४३

काठमाडौं । मानिसहरू शताब्दियौंदेखि पीपललाई भगवानको अवतारको रुपमा पूजा गर्छौं । । धर्तीमा भएका रुखमध्ये यसैले सबभन्दा बढी अक्सिजन फाल्छ । यसले चौबीसै घन्टा अक्सिजन दिन्छ ।

यति मात्र होइन पीपल आयुर्वेदमा पनि यसमो प्रयोग हुन्छ। पीपलले हामीलाई अनेकथरी रोगबाट बचाउँछ । विभिन्न रोगको औषधिका लागि पीपलको सुकेका पात, डाँठ, सुकेका फल, जरा र बीजले समेत शरीरलाई फाइदै फाइदा गराउँछ ।

पीपलका फाइदाहरु

दाँतको लागि : पीपलको हाँगाको डाँठले दाँत माझ्यो दाँत बलियो हुन्छ र दात दुख्ने समस्या पनि समाप्त हुन्छ । यसबाहेक १० ग्राम पीपलको रुखको बोक्रा र २ ग्राम मरिचलाई मसिनो गरि पिसेर मञ्जन बनाएर दाँत माँझ्दा दाँत सम्बन्धि सम्पूर्ण समस्या समाप्त हुन्छ ।

पेटको समस्या : पीपलको पातले कब्जियत र ग्यासको समस्यामा औषधिको काम गर्छ । पीपलको पातलाई पित्तनाशक पनि मानिन्छ । त्यसैले पेटको समस्यामा पीपलको पात प्रयोग गर्नु लाभदायक हुन्छ । पीपलको ताजा पातको रस निकालेर बिहान वेलुका एक चम्चा पिउनाले पित्तको समस्या समाप्त हुन्छ ।

सास सम्बन्धि समस्या : सास सम्बन्धि कुनै पनि प्रकारको समस्यामा पीपलको रुख अति नै फाइदाजनक हुन्छ । यसका लागि पीपलको रुखको बोक्रोको भित्रि भाग निकालेर सुकाउनु पर्छ । सुकेको उक्त भागको धुलो बनाएर खानाले सास सम्बन्धि समस्या कम हुन्छ । यसबाहेक पीपलको पात उमालेर पिउनाले दमको रोगमा पनि लाभदायक हुन्छ ।

छाला रोग : छालामा हुने समस्या जस्तै दाद, चिलाउने, डाबर आउने जस्ता समस्यामा पीपलको कमलो पात खानाले अथवा यसको काँढा बनाएर पिउनाले लाभ प्राप्त हुन्छ । यसबाहेक दाद आउने ठाउँमा पीपलको बोक्रा पिसेर लगाउनाले राम्रो हुन्छ ।

घाउ हुँदा : शरीरको कुनै पनि भागमा घाउ भयो भने पीपलको पातको तातो लेप लगाउनाले घाउ छिट्टो सुख्छ । यसबाहेक प्रतिदिन पीपलको लेप प्रयोग गर्नाले घाउमा छिट्टै खाटा बस्छ र पोल्दैन पनि ।

रुघाखोकि : रुघाखोकि जस्ता समस्या भएको समयमा पीपल लाभदायक हुन्छ । पीपलको पातलाई छायामा सुकाएर मिश्रीसंग काढा बनाएर पिउनाले लाभ प्राप्त हुन्छ । यसले वर्षौंसम्म रुघाले सताएको मान्छेलाई पनि यस्तो काँढाले छिट्टै निको पार्छ ।

चाउरीपना कम गर्न : पीपलको जरालाई पानीमा भिजाएर यसको पेस्टलाई अनुहारमा नियमित लगाउँदा चाउरी हट्छ । साथै छालाको रंग चम्किलो बनाउनका लागि पीपलको बोक्रा अथवा पातको लेप लगाउन सकिन्छ ।

जन्डिसमा : जन्डिस हुँदा पीपलको ३ देखि ४ वटा नयाँ पातको रसमा मिश्री मिसाएर सरबत बनाउर पिउनाले धेरै फाइदा हुन्छ । उक्त सरबतलाई २३ दिनसम्म दिनको दुई पटक पिउन दिनु राम्रो हुन्छ ।

तनाव कम गर्न : पीपल एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ । यसको कोमल पातलाई नियमित रुपले चपाउनाले तनाव कम हुन्छ र बढ्दो उमेरको असर पनि कम हुन्छ ।

पाइताला नरम बनाउन : पीपलको पातबाट निस्कने दूधलाई फाटेको पाइतालामा लगाउदा कोमल र सामान्य हुन्छन् ।

नाथ्री फुट्ने : गर्मीमा प्रायः मानिसको नाथ्री फुट्ने समस्या हुन्छ । पीपलका ताजा पातको रस निकालेर नाकमा लगाउदा रगत बग्न बन्द हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१