पसिन किन आउँछ ? शरीरमा पसिना नआउँदा के हुन्छ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०८०, बुधबार ०६:४१

पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ। यो ग्रन्धिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो। छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र यही नै हो पसिना। सामान्यतया महिलाको दाजोमा पुरुष हरूमा धेरै पसिना आउछ |

पसिना किन आउँछ ?

बिशेष गरी शरीरबाट पसिना आउनु भनेको हाइपरहिड्रोसिस ग्रन्थी अत्याधिक मात्रामा सक्रिय हुँदा पसिना निस्कन्छ । यो ग्रन्थी अधिक मात्रामा सक्रिय हुँदा श्रम नगरे पनि पसिना आउँछ । शरीरका अत्याधिक पसिना आउने अगंहरु हत्केला, पैताला, काखी तथा अनुहार हुन् । यी अंगहरुमा पसिना आउनुमा हाईपरहिड्रोसिस नामक ग्रन्थीले अत्याधिक सक्रियता प्रदान गर्नु हो । पसिना सबैको एकनास आउँछ भन्ने हुँदैन । कसैलाई कम आउँछ भने कसैलाई अत्याधिक आउने समस्या हुन्छ । तर पसिना महिलाहरुको तुलनामा पुरुषको शरीबाट बढी मात्रामा निस्कन्छ । पसिना आउनुमा शारिरीक तापक्रमले निर्भर गर्छ । यसकारण जाडोमा भन्दा गर्मीमा बढी पसिना निस्कन्छ । मानिसको शरीरमा २० देखि ४० लाखसम्म पसिनाका ग्रन्थीहरु हुन्छन् । शरीरबाट अत्याधिक पसिना आउनुलाई हाइपरथाइरोसिस भनिन्छ ।

शरीरमा पसिना नआउँदा के खतरा ?

यदि तपाइँको शरीरमा पसिना कम आउँछ वा आउँदै आउँदैन भने खतराको संकेत हो ।

१- जसलाई पसिना आउँदैन उनीहरुको शरीरको तापक्रम कम हुन सक्दैन । किन भने पसिनाले नै शरीरको आन्तरिक तापमान नियन्त्रित राख्छ ।

२- कमै मान्छेलाई थाहा छ कि शरीरमा आउने पसिनाले हाम्रो रोगसँग लड्ने क्षमता बढ्छ । किन भने पसिनाले शरीरमा भएका विषाक्त पदार्थ बाहिर ल्याउँछ । पसिना नआउने ब्यक्ति छिटो विरामी पर्ने सम्भावना बढी हुन्छ ।

३- पसिना नआउने ब्यक्तिलाई एक प्रकारको छालाको रोग हुने सम्भावना अत्याधिक हुन्छ । पसिनाबाट शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्किन पाएन भने यसले छालामा संक्रमण गर्न सक्छ । रौंको प्वलामा जमेका धुलाका कण समेत रोगको कारण बन्न सक्छन् ।

४- पसिनाको माध्यमबाट हाम्रो शरीरमा बढी भएको लवड अर्थान नुन बाहिर निस्किन्छ । जसलाई पसिना आउँदैन उनीहरुको शरीरमा सल्ट र क्याल्सियमको मात्रा बढी हुने र यसले किड्नीमा स्टोनको खतरा बढी हुन्छ ।

५- तपाइँलाई पसिना आउँदैन भने शरीरमा घाउ हुँदा त्यो भरिन समय लाग्छ । पसिनासँगै उत्पन्न हुने स्वेद ग्रन्थिमा हुने स्टेम सेल्सले घाउ भर्न मद्दत गर्छन् । यसरी पसिना नआउनु शरीरका लागि घातक हुन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१