राजनीतिमा छट्टुहरु हावी हुन थाले: महामन्त्री थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०८०, बुधबार ०६:३०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको टिप्पणी गरेका छन् । मंगलबार नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको बताएका हुन् ।

उनले कांग्रेस पार्टी भित्र अहिले इमान्दार र योग्यताको निम्ति प्रयास गर्ने मानिस चाहिएको बताउदै भने- ‘नेपाली कांग्रेसभित्र हामीलाई यो बेला इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको छ। तर राजनीतिमा विस्तारै कस्तो हुन्छ भने छट्टुहरु हावी हुन थाले, छट्टुहरु कस्तो हुन्छ भने आउँछ लटरपटर पार्छ, झुक्याउँछ, रंगरोगन गर्छ जान्छ। हामीलाई छट्टुहरु चाहिएको होइन, हामीलाई गति र मति दुवै भएको मान्छे चाहिएको हो। गति छ मति छैन, मति छ गति छैन।’ महामन्त्री थापाले अहिले उत्तेजनाको राजनीति गर्नेले नयाँ पुस्ताको चाडो परिवर्तन होस् भन्ने चाहनाको दुरुपयोग गरेको आरोप लगाए ।

उनले भने- ‘आफ्नो जीवनकालमा बदलियोस् भन्ने चाहना राखेको छ। नयाँ पुस्ताले चाडोभन्दा चाडो परिवर्तन होस् भन्ने चाहेको छ। त्यसलाई चाहनालाई उत्तेजनाको राजनीति गर्नेले दुरुपयोग गर्ने गरेका छन्। त्यसलाई चेतनाको राजनीतिले पक्रनुपर्नेछ।’ उनले कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा र शक्ति संघर्षले कोर विषय नै हराउने गरेको बताउदै केहि राम्रो गरौं भन्दाभन्दै गुटका कारण कोर कुरा हराउने गुनासो गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१