उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने एक जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०८०, बुधबार ०६:२७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

चलाउनेमाथि कुटपिट गरेपछि अभियोगमा सात जनामाथि मुद्धा दर्ता गरिएको थियो । ती मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएकोृ छ । पक्राउ पर्नेमा षयषु भन्ने सयुज श्रेष्ठलाई प्रहरीले उनको रातोपुलस्थित घरनजिकैबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता कुमोद ढु‌ंगेलले जानकारी दिए ।

सयुजलाई साढे दुइ वर्षअघि पाटन उच्च अदालतले पाँच लाख धरौटी मागेको थियो। उक्त प्रकरणमा सयुजबाट चलाउनेलाई एक लाख अन्तरिम क्षतिपूर्ति जम्मा गर्ने आदेश पनि गरेको थियो। अदालतकोआदेशलाई वेवास्ता गरेर बसेका उनलाई बिहिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

चलाउनेविरुद्ध ०७७ असोज २० गते नेविसंघका नेता कार्यकर्ताहरूले मरनासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए।योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१