प्रसाईँले इजाजत लिएको अत्याधुनिक हतियारबारे छानविन गर्न सर्वोच्चको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०८०, बुधबार ०६:०८

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले इजाजत लिएको अत्याधुनिक हतियारबारे छानविन गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सो प्रकरणमा पक्राउ परेका प्रसाईँका बडीगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्ने आदेश दिँदै हतियारको अनुमतिबारे छानविन गर्न भनेको हो ।

प्रसाईँलाई सर्वसाधारणले राख्नै नपाउने प्रकृतीको हतियारको अनुमति दिइएको सर्वोच्चको ठहर छ । साथै, अदालत, न्यायिक निकाय र अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिइ प्रवेश गर्न नपाउने कानुनी व्यवस्था अविलम्ब मिलाउन पनि सर्वोच्चले भनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१