टोखा नगरपालिकाले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई ५ हजार आर्थिक सहयोग गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०८०, मंगलवार ०७:१९

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आफ्नो क्षेत्रमा स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकहरुलाई उच्च रक्तचाप र मधुमेह रोगका बिरामीहरूलाई आर्थिक सहयोग गर्ने भएको छ ।

नियमित औषधि सेवन गरिरहेका विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, अति सीमान्तकृत, लोपोन्मुख जातजातिका बिरामीहरूलाई बढीमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने नगरपालिकाले जारी गरेको एक सूचनामा उल्लेख छ । सुचना प्रकाशित भएको ३० दिनभित्र आफू बसोबास गर्ने वडा कार्यालयबाट सिफारिस लिई सोही वडामा रहेको स्वास्थ्य संस्थामा नाम सूचीकृत गरेर सेवा लिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१