दुर्गा प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०८०, मंगलवार ०६:२६

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरिरहेको झापाको बिएण्डसी मेडिकल कलेजलाई नियम पुर्याएर सम्बन्धन दिन सर्वोच्चले आदेश दिएको छ ।

झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो ।

सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईँको लगानीमा रहेको झापाको बिएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।

प्रसाईले आफ्नो बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा रिट दायर गरेका थिए। डा. गोविन्द केसीको अभियानका कारण आफ्नो व्यवसाय धरापमा परेको उनको आरोप थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१