स्तरहीन राजनीति गरेको भन्दै कांग्रेसविरुद्ध खनिए गृहमन्त्री रवि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०८०, आईतवार ०७:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूमाथि सहकारी ठगी प्रकारणमा निरन्तर सदनमा प्रश्न उठाएपनि सफाइ पेश गर्ने उचित मौका नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लामो प्रष्टीकरण लेख्दै आफूमाथि कांग्रेसले उठाएको प्रश्नको जवाफ सदनमा उभिएर दिन चाहेको भएपनि कांग्रेसले प्रधानमन्त्रीसँग जवाफ मागेको र लगत्तै संसदीय समितिको बखेडा सुरु गरेको बताएका छन् । उनले आफू सूर्यदर्शन सहकारीको मुद्दामा प्रतिवादी पनि नरहेको र कसैको बयानमा समेत नाम संलग्न भएको जानकारी नरहेको बताएका छन् । उनले आफूलाई प्रहरी वा अदालत कुनै पनि निकायले पत्र नकाटेको समेत बताएका छन् । साथै, उनले आफू सूर्यदर्शन सहकारीको सदस्य, पदाधिकारी केही पनि नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले म माथी कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नु भो। प्रधानमन्त्रीको जवाफ पाएपछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ।

सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला?तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुदा तपाईंहरुले चरम दवाब दिदा समेत प्रहरीले दर्ता गर्न समेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरी बाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे “एक बहस तो बन्ता है” !!

प्रमाण भेटिदा बालकृष्ण खाँडलाई घरबाट टिपेर लानु हुने तपाईहरुले प्रमाण पाएको भए मलाई यत्तिका समय, के माया लागेर छोड्नु भएको हो र ? म त प्रतिपक्षमा थिएं। सक्दो गर्नु भो, केही नलागे पछि Conflict of Interest भए पनि Create गरौ भनेर यो सब प्रपंच गर्नु भो। त्यसैको आडमा सारा हर्कत गर्दै हुनु हुन्छ। This is not Conflict of Interest. This is a principle of creating Conflict of Interest. नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ। यस्तो स्तरहिन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउला? आफू माथी निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं?

मेरो जवाफ सुन्न नचाहने/नसक्ने तपाईहरुलाई मेरो विनम्र अनुरोध सहितको अफर सार्वजनिक गर्दैछु। तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौ-४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस LIVE गरौं ताकी सिङो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ।

मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। वस्, तपाईं मलाई यत्ती मात्र भन्नुस्,म कहिले कहाँ तपाईका आरोपहरुको जवाफ दिन आँउ? हैन भने, छोढ्दिनुस् यो बाल हठ। मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिनपनि आवश्यक छैन। सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस्। हामी माथी रचनात्मक दवाब बढाउनुस्। भर्खर जन्मेको दल भएपनि एक वर्षमा शायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौं। त्यो भन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस्। यस्तो स्तरहिन हर्कतले कुनै नेताको कुण्ठा शान्ता होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठा लाई शोभा दिदैन।

सुर्यदर्शन सहकारीका पीडितहरुलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु। संघर्ष समिति सँग त आफ्ना कुरा राखिसकेको छु। प्रष्ट हुनुस् : सहकारी पीडितले न्याय पाउछन्। जय नेपाल (पार्टी वाला होइन, देश वाला)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१