महराको बयान सकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८०, शुक्रबार १२:०८

काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका उनलाई सरकारी वकिल कार्यालय र सीआईबी दुबईतर्फबाट बयान तथा सोधपुछ गरिएको हो ।

गत साउन २ मा ‘ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको पनि नाम जोडिएको छ।
कपिलवस्तुबाट सोमबार पक्राउ परेका महराको अनुसन्धानका लागि ४ दिनको म्याद हिजो सकिएको छ । आज शुक्रबार महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्ने सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१