‘नखाएको विष लाग्यो’ भन्दै बयानकै क्रममा भक्कानिए महरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८०, शुक्रबार ०६:३७

काठमाडौं । सुन तस्करी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा बयानको क्रममा भक्कानिएका छन् । महरालाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोमा गत सोमबार कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकै दिन उनलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो । अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले महरालाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान गराएको थियो । बयानको क्रममा महरा भक्कानिएको एक अनुसन्धान अधिकृतले बताए । उनले बयानका क्रममा आफूलाई नखाएको विष लागेको प्रतिक्रिया दिएको बताइएको छ ।

चिनियाँ तस्करहरुको मिलेमतोमा सुन तस्करी गरेको र तस्करीमा सघाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । ‘भेप’मा लुकाएर ल्याएको सुनमा उनको संलग्नता रहेको आरोप छ । साथै, पछिल्लो समय उनी विभिन्न रोगबाट ग्रसित छन् । महराले आफूले टिबी, युरिक एसिड, प्रोस्टेड र नसा सम्बन्धी समस्या रहेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१