काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत १८ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेसहित १० जनाको टोली स्वीट्जरल्याण्ड जेनेभामा चैत १० गतेदेखि १४ गतेसम्म हुनगइरहेको अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४८ औँ सम्मेलनमा भाग लिनका लागि एक साता बढी संसद् बैठक स्थगित भएको हो ।
भोलि अर्थात चैत ८ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने चैत १६ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
सभामुखको भ्रमण टोलीमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रियसभा सदस्य गंगा बेल्बासे, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई भ्रमण टोलीमा रहेका छन् ।
प्रतिक्रिया