पत्रकार महासंघको महाधिवेशन आगामी वैशाखमा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०८०, बिहीबार ०७:१०

काठमाडौँ । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । बुधबार बसेको महासंघ केन्द्रीय समितिको बैठकले नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस २०८१ साल वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको छ। महाधिवेशन लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोसन पुरीले जनाएका छन् ।
यस्तै, बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१