ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुलाउने तयारी गर्न गृहमन्त्रीको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०८०, बिहीबार ०६:५०

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गको बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री लामिछानेको निजी सचिवालयका अनुसार जिल्ला सुरक्षा समितिले निर्देशनअनुसार योजना बनाउने बताइएको छ ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गर्नेछ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नयाँ वर्ष लगत्तै बजार खुला हुने बताए । ‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ’, प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’

गृह मन्त्रालयले ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ। गृहमन्त्रीको सचिवालयलका अनुसार अन्य पर्यटकीय क्षेत्र २४ सैं घण्टा खुलाउनका स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१