टेरामक्स घोटला प्रकरणः मुख्यसचिव अर्यालबारे आगामी मन्त्रिपरिषद्मा छलफल र निर्णय हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०८०, बिहीबार ०६:२८

काठमाडौं । टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा नाम मुछिएका मुख्यसचिव बैकुण्ठ अर्यालका बारेमा आगामी मन्त्रिपरिषद् बैठकमा छलफलको हुने भएको छ । रक्षामन्त्री हरि उप्रेतीले मुख्यमन्त्रीको बारेमा आगामी मन्त्रिपरिषद् बैठकमा कुरा राख्ने बताए ।

‘अहिले यो विषयमा छलफल भएको छैन । कुनै मन्त्रीबाट पनि यो विषयमा कुरा निस्किएको छैन । आगामी मन्त्रिपरिषद्मा यो कुरा राख्छु,’– संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने ।

मुख्यसचिव अर्याललाई टेरामक्स प्रविधि घोटला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइसकेको छ । अर्यालले अस्वभाविक रुपमा चलखेल गरेको र अटेरी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निश्कर्ष छ । यसअघि उनलाई बिदामा बस्नसमेत प्रधानमन्त्रीले सुझाएका थिए ।

उनी विदामा नबसी सिंहदरबार आएर हाजिरी गरेपछि प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव अर्यालमाथि थप कठोर कदम चाल्ने तयारी गरेको स्रोतले बतायो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१