एमाले बुढानिलकण्ठको उपसचिवमा वडाध्यक्ष श्रेष्ठले उम्मेदवारी दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०८०, बुधबार ०७:१७

बुढानिलकण्ठ। नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसनमा राजेन्द्र श्रेष्ठले उपसचिव पदमा उम्मेदवारी दिने भएका छन्। श्रेष्ठ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का निर्वाचित वडाध्यक्ष हुन्। यस अघि यसै वडामा पाँच बर्ष उनले निर्वाचित वडा सदस्यको रुपमा काम गरेका छन् ।

उनि वडा नम्बर २ मा नेकपा एमालेका पुर्व अध्यक्ष पनि हुन् ।  आफूलाइ नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटिका हालका अध्यक्ष प्रदिप डंगोलको समर्थन रहेको उनको दावी छ । डंगोल पुन अध्यक्षका सशक्त प्रत्याशी हुन्।

नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसन यहि चैत्र १६ र १७ गते हुदैछ। चैत्र १६ गते बूढानिलकण्ठ कपन ह्याण्डबल मैदानमा खुला सत्र हुँदै छ भने १७ गते बन्द सत्र हुँदैछ।

May be an image of text

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१