शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्तारुढ दलहरु सहमत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०८०, बुधबार ०६:४१

काठमाडौं । सत्तारुढ गठबन्धन दलले बनाएको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आज साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

त्युनतम् साझा कार्यक्रममा सत्तारुढ दलहरु शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गर्न सहमत भएका छन् । पीडितलाई केन्द्रमा राखी तथ्यको आधारमा सत्य स्थापित गर्ने साझा कार्यक्रममा उल्लेख छ । त्यसैगरी सत्यको आधारमा न्याय, क्षतिपूर्ति, परिपुरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व–सिर्जित पीडाका सम्बोधन गर्न सत्तारुढ दलहरुले सहमती जनाएका छन् ।

त्यस्तै, द्वन्द्वकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनासम्बन्धी कार्य गर्ने, द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणकोकार्य सम्पन्न गर्ने, तराई÷मधेसलगायतका आन्दोलनका क्रममा अन्यायपूर्ण ढंगले बन्दी बनाइकाहरुलाई सरकार र आन्दोलनकारीहरू बीच भएका सम्झौताअनुरूप कानुनसम्मत ढङ्गले रिहाइ गर्ने लगायतका बुँदाहरुमा सत्तारुढ दलहरुले सहमती जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१