शालिन आत्महत्या प्रकरणः पक्राउ परेका तीन जनालाई धरौटी छाड्ने आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०८०, बुधबार ०६:३९

काठमाडौं । जिल्ला अदालत चितवनले शालिन पोखरेले आत्महत्या प्रकरणमा पक्राउ परेको तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्लाको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिईन् ।

उक्त घट्नामा शालिनका परिवारले सोही विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेलका वार्डेन कमलप्रसाद शर्माविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत धरौटीमा रिहा भएर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले प्रिन्सिपल देवकोटालाई तीन लाख, भाइस प्रिन्सिपल अधिकारी र होस्टेलका वार्डेन शर्मालाई पाँच÷पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१