कुटपिट प्रकरण: सहमहामन्त्री बलायरसहित तीन जना राप्रपाबाट निलम्बित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०८०, सोमबार ०६:४०

काठमाडौं । राप्रपाका कार्यसम्पाद समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गरेको आरोपमा राप्रपाले तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपाको गत साता काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको थियो । घटनापछि राप्रपो छानबिन समित गठन गरेको थियो । सो छानबिन समितिले दिएको सुझावका आधारमा पार्टीका सहमहामन्त्री प्रेम बलायरसहित तीन जना निलम्बित भएका हुन् ।

निलम्बित हुनेमा बलायरसहित काठमाडौं ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् । बलायर राप्रपाका उपाध्यक्ष तथा पूर्व मन्त्री विक्रम पाण्डेका स्वकीय सचिव हुन् ।

गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो ।

पार्टीको बैठकमा श्रेष्ठले नेता पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनको समूहले हातपात गरेको श्रेष्ठ पक्षको दाबी छ ।

‘उपर्युक्त विषयमा मिति २०८०/११/२७ गते कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा तपाईंको संलग्नता देखिएको र उक्त कार्य र व्यवहार पार्टीको हित र स्वार्थ विपरीत, गैरजिम्मेवारपूर्ण एवं अनुशासनहीन देखिएकोले राप्रपाको विधान (संशोधन सहित) २०४८ को दफा ३० (ड) बमोजिम ४ (चार) वर्षका लागि निलम्बन गर्न केन्द्रीय अनुशासन समितिले २०८०।११।३० मा सिफारिस गरेको छ,’ अध्यक्ष लिङ्देनले निलम्बन गरेको पत्रमा उल्लेख छ, ‘उक्त सिफारिसलाई केन्द्रीय कार्यसम्पादन समितिको २०८०।११।२६, २७ र २८ गतेको बैठकको निर्णय नम्बर १४ बाट अध्यक्षलाई अधिकार प्रत्यायोजन भएअनुसार चार वर्षको लागि दफा ३० (ड) बमोजिम निलम्बन गरेको व्यहोरा जानकारी गराउँछु।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१