शालिन मृत्यु प्रकरणः प्रधानाध्यापक देवकोटासहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०८०, सोमबार ०६:३६

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा झुण्डिएको अवस्थामा फेलापरेकी १४ वर्षीय शालिन पोखरेलको मृत्यु प्रकरणमा प्रधानाध्यापक बालहरि देवकोटासहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

शालिन मृत्यु प्रकरणमा प्रधानाध्यापक देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको हो । घटनाको आधार, कारण र प्रमाण हेर्दा उनीहरुले शालिनलाई मर्न बाध्य बनाएको आरोप पत्रमा उल्लेख छ ।

शालिनका बुबा दीपेन्द्रले उक्त घटना असामन्य रहेको भन्दै ३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । शालिनको पोस्टमार्टम रिपोर्टले उनको हत्या नभएर आत्महत्या भएको पुष्टि गरेको थियो । साथै, शालिनले लेखेको भनिएको सुसाइड नोट पनि उनकै भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१