सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०८०, आईतवार ०६:२९

काठमाडौं । सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । आज (शनिबार) १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो ।

सरकारका न्युनतम् साझा कार्यक्रम बनाउनका लागि सत्तारुढ पाँच दलबाट दुई÷दुई जना गरी १० जनाको कार्यदल बताइएको थियो । उक्त कार्यदलले मस्यौदा सकेर प्रधानमन्त्री प्रचण्ड र शीर्ष नेताहरुलाई बुझाएको छ ।

उक्त मस्यौदा शीर्ष नेताहरुले अन्तिम रुप दिएर आगामी सोमबार सार्वजनिक गरिने तयारी रहेको छ । देशको अहिलेको अवस्थालाई उकास्ने विषय, युवाहरू विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्नेलगायतका विषय समेटेर सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको बताइएको छ ।

कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१