चुनावअघि नेपाल आउन चाहेका मोदी अब नआउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०८०, आईतवार ०६:२६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनेको नेपाल भ्रमण रोकिएको छ । भारतको लोकसभाको चुनावअघि मोदीले नेपालको भ्रमण गर्ने तयारी थियो । त्यसको लागि दुवै देशका सम्बद्ध अधिकारीले भ्रमणको तयारीसमेत थालेका थिए ।

तर, नेपालमा अचानक राजनीतिक फेरबदल (सत्ता समिकरण) आएपछि भने मोदी तत्काल नेपाल नआउने निश्कर्षमा पुगेको भारतीय अधिकारीहरुको दाबी छ । चुनावको मुखमा नेपाल भ्रमणमा आउँदा पार्टीको लागि पनि राम्रो हुने मोदीको बुझाई थियो ।

तर, नेपालमा सत्ता समिकरण फेरबदल भएको बेलामा भ्रमण गर्दा राम्रो सन्देश नजाने ठानेर मोदीले तय भएको भ्रमण रोकेका हुन् । यसअघि भारत भ्रमणमा गएको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । मोदीले पनि आफू छिट्टै नेपाल भ्रमणमा आउने वचन दिएका थिए ।

हालै भारतीय विदेशमन्त्री डा. एश जयशंकरको नेपाल भ्रमण भएको थियो । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा भाग लिनको लागि काठमाडौं आएका थिए । उनको काठमाडौं बसाईमा उच्चस्तरको म्याराथन राजनीतिक भेटवार्ता भएको थियो । उनले प्रायः सबै दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१