बुढानिलकण्ठ नगरपालिका वडा नं.१० को आयोजनामा फोहोरमैला व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०८०, शनिबार ०७:३३

काठमाडौँ। बुढानिलकण्ठ नगरपालिका वडा नं.१० को आयोजना र आकर्षक निर्माण कम्पनिको सहजीकरणमा  फोहोर मैला व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं.१० को  आयोजनामा विभिन्न टोल विकासका महिला समुह संघसंस्था र अन्य सामाजिक व्यक्तित्व,वडाबासि र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । फोहोर मैला व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रमको प्रमुख प्रशिक्षक  उतम पुडासैनीले  तालिममा सहभागीलाई कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाउने विधि खेर जाने तर नकुहिने खालका प्लाष्टिकजन्य फोहोरबाट पुनः प्रयोग गर्दै धेरै सामान बनाउन सकिने  जानकारी गराउनुभएको थियो।

वडालाई वातावरणमैत्री बनाउने अभियानलाई वडा नम्बर १०  बाट अभियान सञ्चालन गरिएको वडा  वडा सदस्य दिल कुमारी बिकले बताउनुभयो  । वडा सदस्य चन्द्रमान श्रेष्ठले  यस  वडा वातावरणमैत्री होस् भन्ने चाहनाका साथ फोहोर मैला व्यवस्थापन तालिमको आयोजना गरिएको जानकारी गराउनुभएको थियो  । तेस्तै वडा सदस्य रिता दाहालले विभिन्न टोल विकासका महिला समुह संघसंस्था र अन्य सामाजिक व्यक्तित्व,वडाबासिहरुलाई वातावरणमैत्री वडा बनाउन के कस्ता योजना लेराउनु पर्छ यहाँहरुको सुझाब दिनुस तेही अनुसार हामि योजना बनाउने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
तालिममा बाताबरणविद उतम पुडासैनीले प्रशिक्षण दिएका थिए भने उहालाई सहजीकरण मुकुन्द ढुंगाना र राजेन्द्र नेउपानेले गर्नुभएको थियो । वडाका सदस्य सहितको उपस्थितिमा वडाका जनप्रतिनिधि सहितले  सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम वडा सदस्य  दिल कुमारी बिकको अध्यक्षतामा कार्यक्रम भएको  थियो । कार्यक्रमको सहजीकरण आकर्षक निर्माण कम्पनिले गरेको थियो। फोहोर मैला व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम ११० जनाको उपस्थिति रहेको थियो

फोहोर मैला व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सहभागीहरुको फोटो भिडियो हेर्नुस :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१