बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०८०, शुक्रबार ०६:४५

काठमाडौं।  डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमण भएको छ।

कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले आफूमाथि कुर्सी प्रहार गरेको जोशीले बताए।

‘बैठकको एजेण्डामा नै छलफल भएको थिएन, ७ नम्बर वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले कुर्सीले हाने, म अहिले प्राथमिक उपचार गराएर डडेल्धुरा अस्पताल जाँदैछु’, जोशीले भने। कुर्सी प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ।

वडा नं ७ का वडाध्यक्ष कर्णबहादुर धामीकाअनुसार बैठकमा मेयर भरत बडायर जोशीले एजेण्डा राखेपछि उपमेयर विमलाकुमारी जोशीले त्यसमाथि धारणा राख्दै थिइन्। त्यही क्रममा केही कार्यपालिका सदस्यले उपमेयरमाथि अमर्यादित टिप्पणी गरेपछि विवाद सुरु भएको वडाध्यक्ष धामीले बताए।

वादविवादपछि दोहोरो हानाहान भएको भन्दै उनले आफूले भने कुर्सी नहानेको दाबी गरे। ‘मेयर र कर्मचारी प्रमुख नै मिलेर घटनालाई उत्तेजित बनाउने कार्य भयो, त्यही बेला म लगायत केही साथीहरूले सहजीकरण गर्न खोजेको हौं। कुर्सी हानेको भन्ने कुरा गलत हो।’

प्रमुख प्रशासकीय अधिकृत भागदौडका क्रममा फर्निचरमा ठोक्किएको हुन सक्ने उनको जिकिर छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१