साझा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक निश्कर्षविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०८०, शुक्रबार ०६:२६

काठमाडौं । सत्ता समीकरण फेरिएपछि न्युनतम साझा कार्यक्रम बनाउन गठित समितिको आज बसेको बैठक अनौपचारिक रुपमा टुंगिएको छ । दिउँसो ४ बजेपछि सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । अर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि आजको बैठक निश्कर्षविहीन बनेको हो ।

भोलि (शुक्रबार) विहान ९ बजे कार्यदलको बैठक बसेर मस्यौदालाई पूर्णरुप दिने बताइएको छ । फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेर नयाँ मन्त्रिमण्डल गठन गरेका थिए । पुनर्गठित मन्त्रिमण्डलमा सहभागी भएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, रास्वपा र जसपा सहभागी छन् ।

उक्त कार्यदलमा सरकारमा सहभागी ५ दलबाट समान २–२ जना सहभागी छन् । नयाँ गठबन्धनको कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा.मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१