भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालको साधारणसभा हुँदै

evccfn@gmail.com' rastriyakhabar
१ चैत्र २०८०, बिहीबार २३:२९

काठमाडौं । देशमा व्याप्त आर्थिक अनियमितता तथा भ्रष्टाचार न्युनिकरणमा सकृय सहभागिता जनाउँदै सामाजिक रुपान्तरण अभियान चलाउदै आएको भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालले तेस्रो साधारणसभा गर्ने भएको छ ।
अख्तियार दुरुपयोग आयोग, राष्ट्रिय सतर्कताकेन्द्र,सम्पती शुद्धिकरण बिभाग जस्ता सरकारी निकाय संगको समन्वय तथा स्थानिय सरकार संग सहकार्यगर्दै अभियानले आफ्नो कार्यलाई अगाडी बढाएको छ ।
पछिल्लो समय विश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) तथा बिभिन्न दैबिक प्रकोपको अवस्थामा समेत सामाजिक क्षेत्रमा संस्थागत तथा समुहगत हिसावबाट सहयोग गर्दै आएको यस संस्थाले आफु संग भएको सुचनाको आधारमा सरकारी नियाकको स्ट्रिङ अप्रेसनमा समेत सहभागिता जनाउँदै आएको छ ।
शान्ति,बिकास र उत्पादन मार्फत देशको बिकास गर्न राज्य भ्रष्टाचार प्रति शुन्य सहनसिलताको नितिमा अगाडी बढ्न्पर्ने संस्थाको अवधारणा रहेको छ ।
संस्थाले वर्तमान कार्यसमितिको समय सिमा सकिएकोले साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन गर्न यहि चैत्र १० गते बसुन्धारा स्थित खाँडादेवी फुडल्याण्डमा तेश्रो साधारणसभा गर्ने जनाएको छ ।
यस अगाडी संस्थाको नेतृत्व गरिरहेका अध्यक्ष सुदर्शन पौड्यालले राजिनामा दिएपछि कार्यबहाक रुपमा अध्यक्षको जिम्बेवारी तत्कालिन उपाध्यक्ष शिवशंकर पौडेलले सम्हालिरहनु भएको छ ।
बिगत लामो समयदेखि साधारणसभा गर्ने भनिएपनि बिभिन्न प्राबिधिक कारणले रोकेको भन्दै यो पल्ट भने जसरी भएपनि सम्पन्न गर्ने लक्ष्य लिएको साधारणसभा आयोजक समितिका संयोजक तथा संस्थाका महासचिव अर्जुन के.सि.ले जानकारी गराउनु भएको छ ।
यो भन्दा अगाडी के के भए ति सबैको समिक्षा गर्दै साधारणसभा मार्फत भावीकार्ययोजना बनाएर नयाँ कार्यसमितिलाई संस्था हस्तान्तरण गर्न आफु आतुर रहेको महासचिव के.सि.ले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१