बुढानिलकण्ठ वडा नं ११ मा बिध्यार्थीहरुको सकारात्मक सोच भावना र क्षमता अभिबृद्धि सम्बन्धि उत्प्रेरणामुलक अभिमुखिकरण कार्यक्रममा सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०८०, बिहीबार ०७:४१

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११  को आयोजना तथा विश्वदर्शन मिडिया ग्रुपको  सहजीकरणमा आयोजित सामुदायिक बिध्यालयका बिध्यार्थीहरुको सकारात्मक सोच भावना र  क्षमता अभिबृद्धि सम्बन्धि उत्प्रेरणामुलक अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ ।

वडा न ११  स्थित ग्राम शिक्षा मन्दिर माध्यामिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा बिध्यार्थीहरुको सकारात्मक सोच भावना र  क्षमता अभिबृद्धि सम्बन्धि उत्प्रेरणामुलक अभिमुखिकरण तथा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्र प्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । बुढानिलकण्ठ नगरपालीका वडा न ११  का वडा अध्यक्ष राजु अधिकारी सहित वडा सदस्य गंगा परियार , सम्बर गुरुङ  वडा सचिव नविन्द्र तामांग र  स्कुलका प्राध्यापक सहित शिक्षकहरु नर्ससहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकार कल्पना शर्मालेले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको संयोजन  सहजीकरण मुकुन्द ढुंगानाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालीका वडा न ११  का वडा अध्यक्ष राजु अधिकारी र बिशेष अतिथि वडा सदस्यहरु रहनुभएको कार्यक्रममा  प्रशिक्षक राजेन्द्र प्रसाद न्यौपाने  रहनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष राजु अधिकारीले दृढ इच्छाशक्ति र संकल्पलेनै बिध्यार्थीहरुलाई सफलताको   शिखरमा पुर्याउने हुनाले निरन्तर योजना सहित संघर्ष गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

वडा सदस्य सम्बर गुरुङले  बिध्यार्थीहरुको काम कर्तब्य र अधिकार, ब्यवहार सम्वन्धी सिद्धान्त, सहभागितामूलक सिद्धान्त,  बर्तमान समयमा हुनुपर्ने बिध्यार्थीहरुको बिषयबस्तुहरु साथै ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा चर्चा गर्नुभएको थियो । बिध्यार्थीहरुको क्षेत्रमा उत्कृष्ट काम गर्न वा सो क्षेत्रमा सिर्जनशील,  ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी समाज र राष्ट्र विकासमा अनुकरणीय योगदान पुगोस भनि  बिध्यार्थीहरुको लागि सम्बन्धित तालिम संचालन गरिएको वडा सचिव नविन्द्र तामांगले जानकारी गराउनु भएको थियो । तालिममा सहभागीहरुले यस्ता कार्यक्रमले कार्यसम्पादनमा थप बल पुग्ने हुदा आगामी दिनमा पनि राख्नुपर्नेमा जोड दिनुभयो ।  तालिममा सहभागी वडा ११ मा रहेका ३ वटा  सामुदायिक बिध्यालयका २०७ जना बिध्यार्थीहरुको उपस्थिति रहेको थियो भने  बिध्यार्थीहरु सबैलाई प्रमाणपत्र  समेत वितरण गरिएको थियो ।

भिडियो हेर्नुस :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१