बागमती प्रदेशसभा बैठकः विशेष समितिको प्रतिवेदन पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०८०, बिहीबार ०६:२२

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ ।

उक्त बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले प्रदेशमा सुशासन कायम गर्न, जनताप्रति जवाफदेहीता बढाउन र सन्तुलित बजेटका लागि सो प्रतिवेदन सबैको साझा दस्ताबेज भएको बताए ।

उक्त अवसरमा प्रदेशसभाका सदस्य मधुुकुमार श्रेष्ठले प्रदेश सरकारलाई बजेटमा पारदर्शिता अपनाउन र निष्पक्ष ढङ्गबाट जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न सुझाव दिए ।

अर्का सदस्य भरतबहादुर केसीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा जनताप्रति जवाफदेही हुनेखालका योजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सत्तापक्ष वा मन्त्री भएपछि जिल्लामा धेरै बजेट पार्न सकिन्छ भन्ने भावना त्याग्नुपर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१