राष्ट्रिय सभाका विषयगत समिति सभापतिको निर्वाचन चैत ४ गते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०८०, बिहीबार ०६:१९

काठमाडौं । राष्ट्रिय सभाको विषयगत समितिका सभापतिको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै अध्यष नारायण दाहालले ४ चैतमा समिति सभापतिको निर्वाचन हुने जानकारी गराए । उनले राष्ट्रिय सभा नियमावली ०७५ को नियम १५० अनुसार आगामी आइतबार विषयगत समितिका सभापतिको निर्वाचन हुने जानकारी गराए ।

अध्यक्ष दाहालले यसबारेमा सुचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्याललाई जिम्मा पनि दिएका छन् । उनले भने, ‘मान्य सदस्यहरु राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत ४ गते आईतवारको दिन तोकेको छु। समिति सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन गर्दछु।’

यसअघि समितिका सभापति रहेका प्रकाश पन्थ र दिलकुमारी रावल थापा पार्वतीको कार्यकाल फागुन २० गते सकिएपछि उक्त समितिमा नयाँ सभापति चयन हुन लागेको हो । राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् । उक्त समतिमिा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका क्रमश एक एक जना सभापति रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१