जनमतले इलाम र बझाङमा उम्मेदवारी दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८०, मंगलवार १६:५१

काठमाडौं। जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ ९१० मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

सो पार्टीका राष्ट्रिय प्रवक्ता डा शरदसिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

साथै सो पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनाका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१