काठमाडौं । मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेको छ ।
बैठकले राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई तोकिएको छ ।
बैठकले राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले उठाएको उम्मेदवारलाई विजयी बनाउने गठबन्धन दलका पार्टीहरु सहमत भएका छन्, ।
प्रतिक्रिया