प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने पक्षमा ६ जना सांसद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८०, मंगलवार ०६:५२

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) भित्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने पक्षमा सांसदहरु विभाजित बनेका छन् । प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विश्वासको मत लिने भन्दै संसद् सचिवालयमा पत्राचार गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसदहरुको आज बसेको बैठकमा सांसदहरु विश्वासको मत दिने वा नदिने भन्ने विषयमा मत विभाजित भएको हो । स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले आफूहरुसँग भएको सहमतिविपरित प्रदेश प्रमुखहरु नियुक्ती गरेको भन्दै आधा दर्जन सांसदहरु विश्वासको मत दिन नहुने पक्षमा उभिएका छन् ।

यसरी विश्वासको मत दिन नहुने पक्षमा प्रेम आले, मेटमणि चौधरी, राजेन्द्र पाण्डे, शेरबहादुर कुँवरलगायत उभिएको बुझिएको छ । यसअघि मेटमणि चौधरीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने घोषणा गरिसकेका छन् । उनले प्रचण्ड सरकारले एक महिनापनि पार गर्न नसक्ने ठोकुवा गरेका हुन् ।

ती सांसदहरुले प्रधानमन्त्री दाहालले पार्टीसँग लिखित सहमति गर्नुपर्ने अडान राखेका छन् । उनीहरुले अब यो सरकार ढल्ने वा रहने भन्ने कुरा प्रधानन्त्री प्रचण्डमा नै निर्भर रहेको जिकिर गरेका छन् । सांसद मेटमणि चौधरीले त प्रधानमन्त्रीले पार्टीका माग पूरा गर्नको लागि लिखित सहमति नगरे विश्वासको मत दिन जरुरी नभएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१