कांग्रेसले शर्मालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०८०, सोमबार ०६:२८

काठमाडौं । नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्मा लुम्बिनीबाट ०७८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो । सत्ता समीकरणमा आएको फेरबदलसँग सिटौलालाई छाडेर शर्मालाई उम्मेदवार बनाइएको हो । शर्माको पक्षमा बहुमत छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१