माओवादीकै सांसदहरुको प्रधानमन्त्री प्रचण्डसँग फेस-टु-फेस आक्रोश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०८०, आईतवार ०६:३३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा मन्त्री बन्न नपाएकाहरुले मुखैमा प्रधानमन्त्री एवम् अध्यक्ष प्रचण्डसँग् गुनासो पोखेका छन् । खासगरी कांग्रेससँगको सत्ता सहकार्य टुटाएर नयाँ गठबन्धन बनाउँदा कम्तिमा माओवादीबाट मन्त्रिपरिषद्मा नयाँ अनुहार आउने अनुमान गरिएको थियो ।

तर, पर्यटनमन्त्रीको जिम्मेवारीमा रहेका सुदन किरातीबाहेक साविककै मन्त्रीहरु पूनर्गठित मन्त्रिपरिषद्मा दोहोरिए । बरु, सुदनको ठाउँमा हितमान तामाङको प्रवेश भयो । अनि रेखा शर्मा र शक्ति बहादुर बस्नेत पूरानै मन्त्रालयमा दोहोरिए । उता, नारायणकाजी श्रेष्ठको गृह मन्त्रालयबाट परराष्ट्रमा सरुवा भयो । माओवादीबाट थपिएको भनेको वर्षमान पुन हुन् । उनी अर्थ मन्त्रालयको नेतृत्वमा पुगेका छन् ।

माओवादी संसदीय दलको बैठकमा यसअघि मन्त्री बन्ने चर्चामा रहँदै आएका सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटा (सुवोध) ले मन्त्री बनाईँदाको मापदण्डबारे अध्यक्ष दाहालसँग सोधेका थिए । सापकोटाजस्तै मन्त्री बन्ने चर्चामा नै रहेका सिन्धुलीबाट चुनाव जितेका सांसद राजन दाहालले ठाडो शैलीमा अहिले नयाँ मन्त्रिपरिषद्मा पार्टीबाट मन्त्री बनाईँदाका मापदण्ड के हो र के को आधारमा केही मन्त्रीहरु दोहारिए ? भनेर सोधे ।

उनीहरुलाई यसअघि मन्त्रिपरिषद् पूनर्गठनको मारमा परेका अमनलाल मोदीले पनि साथ दिए । माओवादी केन्द्रको बैठकमा अध्यक्ष दाहाललाई यसरी खुला चूनौति दिएर प्रश्न सोधिएको आज पहिलो भएको केही सांसदहरुले गाईँगुँई चलाउन थालेका छन् ।

तर, प्रधानमन्त्री दाहालले भने मन्त्रिपरिषद् पूनर्गठनमा आफूले गरेको निर्णयको बचाउ गरेका थिए । आक्रोश पोख्ने सांसदहरुमध्ये एक सांसदले भने आफूहरुले लोकतान्त्रिक परिधिभित्रै रहेको अध्यक्ष कमरेडसँड प्रश्न सोधेको र त्योपनि फेस टु फेस गरेको सुनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१