प्रचण्डले विश्वासको मत लिने मिति नजिकियो, नयाँ सत्ता गठबन्धन दलका सांसदबाटै खुला चूनौति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०८०, आईतवार ०६:२८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सहकार्यको लागि कांग्रेससँगको साथ छोडेर एमाले, रास्वापा र जसपासहित नयाँ सहकार्य थालेका छन् । यो सहकार्यमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने दुई दिन ढिला गरेर सामेल भयो । सुरुमा नयाँ गठबन्धन बनाउँदा सामेल भएको जसपा भने मन्त्रिपरिषद् विस्तारमा रोकिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्रको किचलोको कारण सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाउन नसकेको बताईएको छ । यादवले आँफै उपप्रधानमन्त्रीसहित स्वास्थय मन्त्रालयको नेतृत्व गरेर जाने भनिएको छ ।

प्रधानमन्त्री दाहालले भोलि नै जसपाका मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेका छन् । जसपापनि सरकारमा सामेल भएपछि अहिले प्रधानमन्त्री दाहालसँग सुविधाजनक बहुमत छ । कांग्रेसले यसअघि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिइसकेको छ । अब प्रधानमन्त्री दाहालले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री दाहाल अब ढिला नगरी विश्वासको मत लिन चाहन्छन् । उनले आफ्नो दलको संसदीय दलको बैठक राखेर नयाँ गठबन्धन बनाउनुको बाध्यता सुनाएका छन् । यसको अलावा विश्वासको मत लिने मितिबारे पनि छलफल गरेका छन् । माओवादीका एक सांसदले दिएको जानकारी अनुसार प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विश्वासको मत लिने भनेका छन् । र, सांसदहरुलाई ह्वीप जारी गर्ने भनिसकेका छन् । अहिलेको गठबन्धनबाट माधव नेपाल र उपेन्द्र यादवलाई बाहिर निकाल्नको लागि प्रचण्डको धोका खाएका कांग्रेस सभापति शेरबहादुर देउवा कम्मर कसेर लागेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१