काममा ढिलाइ हुनेछैन : उपप्रधानमन्त्री महासेठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०८०, बिहीबार ०६:२३

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताएका छन् । सिंहदरबारस्थित कार्यालयमा आज (बुधबार) पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए । मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ । “विकास निर्माणका सबै काम १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको छु । काममा किन ढिलाइ भयो, यसअघि भएका कमीकमजोरी र यो काम गर्न योजनासहित अब के गर्नुपर्छ भन्नेबारे कार्यदलले अध्ययन गर्नेछ”, उपप्रधानमन्त्री महासेठले भने, “अब काममा ढिलाइ हुने छैन ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१