सिंचाई आयोजनामा २६ लाख भ्रष्टाचार, इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०८०, मंगलवार ०७:०४

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले सिँचाई आयोजनाका इन्जिनियर कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, महेश सिंह कठायत, वडा नम्बर ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो।

मुगुको साबिकको कालै गा.वि.स. वडा नम्बर ४ हाल सोरु गाउँपालिका वडा नम्बर ९ स्थित तन्दवाडा-छडा सिँचाई आयोजनामा आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको आरोप पत्रमा उल्लेख छ। लागत अनुमान लुकाई इस्टिमेट अनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको पाइएको छ।

आयोगले साविकको कालै गाउँपालिका-४ हाल सोरु गाउँपालिका-९ स्थित तन्दवाडा-छड सिंचाई आयोजनामा आयोजनाको अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाइ इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट कम प्रयोग गरी गुणस्तरहीन काम गरी २६ लाख ८२ हजार १४ रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ।

तत्कालीन कार्यालय प्रमुख इन्जिनियर पाण्डे,जिल्ला प्राविधिक कार्यालय मुगु सामुदायिक सिंचाई आयोजनाका इन्जिनियर कठायत,साविकको कालै गाउँविकास समितिमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिंचाई आयोजनामा खटिएका सर्जनबहादुर शाहीले नगरेको कामको समेत भए गरेको भन्ने गलत प्राविधिक मूल्यांकन प्रतिवेदन तयार गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेकाले सोही दफाको १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय मागदावी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१