एक वर्षपछि सत्तामा ‘कमव्याक’ भयो एमाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०८०, मंगलवार ०६:५४

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको सत्ता गठबन्धन टुटेपछि नेकपा (एमाले) सत्तामा फर्किएको छ । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरुलाई बर्खास्त गर्दै एमालेसहितको मन्त्रिमण्डल गठन गरेका हुन् ।

गत २०७९ फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनलाई लिएर टुटेको एमाले–माओवादी गठबन्धन राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको मुखमा आएर जोडिएको हो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितको सरकार गठन गरेका हुन् । आज प्रचण्डले तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । उनले नेकपा (एमाले) का पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीको डोलप्रसाद अर्याल र नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङलाई मन्त्री नियुक्त गरेका छन् । उनीहरुले कुन मन्त्रालयको नेतृत्व गर्ने भन्ने टुङ्गो लागेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१