राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा न्यौपाने मनोनयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०८०, सोमबार ०६:४३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् ।

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताइन् । राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१