सत्ता गठबन्धनको निर्णायक बैठक ८ बजे बालुवाटारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०८०, सोमबार ०६:२७

काठमाडौं । सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बोलाएका छन् । बैठक बिहान ८ बजे बस्ने जनाईएको छ ।

राष्ट्रियसभाको अध्यक्षको लागि २९ फागनुमा हुने निर्वाचनमा उम्मेद्वार टुँगो लगाउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेसँग समानान्तर छलफल चलाएका छन् ।

अहिले एमाले अध्यक्ष केपी शर्मा ओली महासचिव शंकर पोखरेल लिएर बालुवाटार पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारमा सहभागी आफ्ना दलका मन्त्रीहरुसँग छलफल गरेका छन् । सत्ता गठबन्धन रहने वा नरहने कुरा आज  टुँगो लाग्ने चर्चा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१