परराष्ट्र सचिव लम्साल र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०८०, बिहीबार ०७:१२

काठमाडौं ।  नेपालकी परराष्ट्र सचिव सेवा लम्साल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको र नेपाल भारत सम्बन्धको विभिन्न पक्षमा सुधार भएकोमा आफू खुसी भएको मन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत जानकारी दिएका छन् ।

पोस्ट गर्दै जयशंकरले भनेका छन्, ‘नेपालकी परराष्ट्र सचिव सेवा लम्साललाई स्वागत गर्न पाउँदा खुसी छु । नेपाल-भारत सम्बन्धका धेरै पक्षहरूमा सुधार भएको सुन्न पाउँदा खुसी लागेको छ ।’ भारतको पुणेमा २९ फेब्रुअरीदेखि २ मार्चसम्म आयोजना हुने आठौं एसिया इकोनोमिक डायलग (एईडी–२०२४) मा सहभागी हुन सचिव लम्साल मंगलबार भारत पुगेकी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१