अदानचुली गाउँपालिकाकी पूर्व उपाध्यक्ष ऐडीसहित ११ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०८०, बिहीबार ०६:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाकी पूर्व उपाध्यक्ष सौमति रावल ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाउँपालिकाको वडा नम्बर ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीसमेतलाई प्रतिवादी बनाइएको छ ।

ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरेको अभियोगपत्रमा उल्लेख छ ।

झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार ३५८ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१