गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेवार होईनन् ,माओवादी हुन् : रविन्द्रकुमार श्रेष्ठ

evccfn@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०८०, बुधबार २३:४१

काठमाडौं । नेवाः हुनकोलागि आफ्नो भुमी, पहिचान,संस्कार र संकृती संग जोडिएर अगाडी बढ्नु पर्ने भन्दै वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेवार नभएर माओवादी मात्र भएको नेवाःअभियन्ता रविन्द्रकुमार श्रेष्ठले बताएका छन्
माईतघिरको निषेधाज्ञ तोड्ने आन्दोलनमा सहभागिता जनाउने क्रममा संचारकर्मीहरु संग कुराकानी गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
नेवाः अभियन्ता श्रेष्ठ लगायत माईतघिरको निषेधाज्ञ तोड्ने आन्दोलनमा काठमाडौंका नेवाः अभियन्ता सुमन सायमी र मधेशी नेता राजेन्द्र महत्तो एउटै लाईनमा देखिएका छन् ।
काठमाडौंमा बिभिन्न अभियानहरु सन्चालन गरेर चर्चामा आएका अभियन्ता हरु सुमन सायमी , रविन्द्रकुमार श्रेष्ठ लगाएतले यो आन्दोलनलाई सपोर्ट गरेका थिए ।
काठमाडौंका बिभिन्न भागबाट प्रदर्शनीमार्गमा जम्मा भएर अगाडी बढेको आन्दोलनलाई भद्रकाली पुगेपछि प्रहरीले रोकेको थियो ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियाननाम दिईएको आन्दोलनले नेपाल सरकारले लागू गरेको निषेधित क्षेत्र तोड्ने प्रयास गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सीसमेत परेको थियो ।
‘हाम्रो भूमिका हामीलाई निषेध गर्न पाइँदैन’ भन्दै उनीहरू निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरतर्फ अघि बढेका थिए । यसक्रममा उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सी परेको थियो । भद्रकाली क्षेत्रमा प्रदर्शनकारीलाई रोक्ने क्रममा एक जना प्रदर्शनकारी बेहोससमेत बनेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर महतोले यति बेला छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । उनले चाँडै आफ्नो नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । आजको कार्यक्रम अघि नेता महतोले कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिएका थिए । महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ ।
नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको उपचार भइरहेको बताईएको छ । उनसहित रामन पाण्डे पनि घाइते भएका थिए । उनको उपचार पनि त्यही भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१