७० करोडको टेरामक्स प्रकरणको रिजल्ट छिट्टै आउँछः अख्तियार प्रमुख राई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०८०, बुधबार ०६:२६

काठमाडौं। अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् ।

मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राईले उक्त प्रकरणको छानबिन कार्य अन्तिम चरणमा पुगिसकेको र छिट्टै विशेष अदालतमा मुद्दा दर्ता तयारी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ ।’

यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।

त्यस्तै, प्रमुख आयुक्त राईले तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा जोडिएको ७० करोडको प्रकरणमा पनि छानबिन भईरहेको जानकारी गराए । उनले आरोप प्रमाणीत नभएसम्म कसैलाई पनि मुद्दा दायर नगरिने प्रष्ट पारेका छन् ।

सेक्युरिटि प्रेस प्रिन्टिङ प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । ‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्‍याएर (मुद्दा) लैजान हुँदैन ।’

टेरामक्स प्रकरणमा मुछिएका मन्त्री बस्नेतलाई बखास्त गर्न माग गर्दै प्रतिपक्षी दलहरु नेकपा एमाले, रास्वपा र राप्रपाले दिनहुँ सदन अवरुद्ध गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१