गम्भीर आरोप लागेका मन्त्रीहरूले रोष्टममा उभिएर जवाफ दिन केले रोक्यो :रवि लामिछानेले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०८०, सोमबार १३:४२

राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर आरोप लागेका मन्त्रीहरूले रोष्टममा उभिएर जवाफ दिन केले रोकेको भन्दै प्रश्न गरेका छन्।
सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् । रास्वपा, नेकपा एमाले, राप्रपा लगायत दलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि बालकुमारी जाँचबुझ आयोगले लगाएको आरोपबारे जवाफ दिनुपर्ने माग राख्दै आएका छन्। यसबारे सरकारले उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्।

लामिछानेले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताए । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाई छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१