बालुवाटारको ३९७ रोपनीभन्दा बढी जग्गा हिनामिना, १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०८०, सोमबार ०७:३०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापास्थित बालुवाटार जग्गा हिनामिना प्रकरणमा एक सय ७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आज (आइतबार) अख्तियारले नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन प्रमुख नापी अधिकृत स्वं शशीकान्त झा, उनकी श्रीमती अनार देवी, तत्कालीन नापी अधिकृत विष्णु कुमारलगायत एक सय ७२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

साविक दमक ६ग को सर्पट नापीको समयमा दमक नगरपालिका–१३ र १४ कायम भएको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ) कित्ताहरु कित्ता नम्बर ७६०/१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६ ७८७ ७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरु हिनामिनामा संलग्न रहेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उक्त जग्गा घोटला प्रकरणमा नापी कार्यालय, चन्द्रगढी, झापाका १० जना, मालपोत कार्यालय, दमकका ११जना, नापी कार्यालय दमकका ७ जना कर्मचारीसहित १ सय ७२ जनालाई प्रतिवादी बनाइएको छ । अख्तियारले ६४ जनालाई मुख्य प्रतिवादी बनाएको छ भने बाँकी १०८ जनालाई बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागिमात्रै प्रतिवादी बनाएको छ ।

उक्त प्रकरणमा ३९७ रोपनी ८ आना १ पैसा ३ दाम जग्गा गैरकानूनीरुपमा व्यक्ति विशेषको नाममा घुसाई हालसाविक जग्गादर्ता भएकोमा अख्तियारको निश्कर्ष छ । जग्गाहरुको न्युनतम मूल्याङ्कन ३४ करोड, ६६ लाख, ५४ हजार आठ सय
४९ रुपैयाँ हुन आउने अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१