बुढानिलकण्ठ वडा नं. १ को होमस्टे व्यवस्थापन अध्ययन अवलोकन तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०८०, आईतवार १०:४०

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तौलुङको आयोजनामा तिन दिने होमस्टे व्यवस्थापन अध्ययन अवलोकन तालिम कार्यक्रम सम्पन्न भएको छ ।

इन्टरनेशनल प्रोजेक्ट डेभलपमेन्ट फोरमको सहजीकरणमा सम्पन्न भएको तालिम कार्यक्रमको उद्घाटन बुढानिलकण्ठ नगरपालिका वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामाले गर्नुभएको थियो । कार्यक्रममा ३७  जना स्थानियहरु सहभागी भएका थिए । तालिम कार्यक्रममा होमस्टेको कार्यविधि, दर्ता प्रक्रिया, सरसफाई, सांस्कृतिक कार्यक्रम, पाहुनाको स्वागत, बसाँई तथा बिदाई र बजारीकरण विषयमा भुमराज तिवारी र शिला अमात्यले प्रशिक्षण प्रदान गर्नुभएको थियो । अध्ययन अवलोकनको क्रममा नेपालकै पहिलो महिलाहरुले संचालन गरेको पनौती सामुदायिक होमस्टेमा सहभागीहरुलाई पाहुनाको रुपमा अनुभव गराइएको थियो ।

तालिमका सहभागीहरुलाई ११ गते पनौति नगरपालिकाको उपमेयर गिता बञ्जराले स्वागत गर्दै महिलाहरुको आत्मनिर्भरता, स्वावलम्बनको लागी होमस्टे सवैभन्दा उपयुक्त माध्यम भएको बताउनु भएको थियो । सहभागीहरुलाई ऐतिहासिक पनौति बजार, नमोबुद्ध, साँगा महादेव तथा चण्डेश्वरी मन्दिरको भ्रमण गराइएको थियो ।

तालिममा सहभागीहरुलाई पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले बिदाई गर्दै होमस्टे मार्फत बुढानिलकण्ठ र पनौति नगरपालिकाको बिचमा मितेरी सम्बन्ध बढाउन आफु तयार रहेको बताउनु भयो । तालिम कार्यक्रमले बुढानिलकण्ठ नगरपालिकामा होमस्टे संचालन हुनेमा आफु विश्वस्त रहेको तालिम कार्यक्रमको सहजीकरण गर्नुभएका मुकुन्द ढुङगानाले बताउनु भयो । तालिम तथा भ्रमण कार्यक्रम असाध्यै उपलब्धिमुलक भएको सञ्चिला लामाले बताउनुभयो ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१