बुढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव भव्यरुपमा समापन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०८०, आईतवार ०९:००

काठमाडौं । बूढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव भव्यरुपमा समापन भएको छ । नगरपालिका द्वारा आयोजित महोत्सवको आज दोस्रो दिन सांस्कृतिक झाँकि प्रदर्शनी, सम्मान कार्यक्रम तथा सत्रहरु संचालन भए सँगै समापन भएको थियो ।

महोत्सव दोस्रो दिनको झाँकि प्रदर्शनीबाट सुरुवात गर्दै जनकवि दुर्गालाल श्रेष्ठलाई आजिवन साधना सम्मान गरिएको थियो । उहाँलाई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले दोसल्ला ओडाउँदै सम्मान पत्र प्रदान गर्नुभएको छ ।

सोहि उपलक्ष्यमा वरिष्ठ साहित्यकार झमक घिमिरेसँग भेटघाट अवसर आयोजकले जुटाएका थिए ।

महोत्सवको तालिका अनुसार क्रमशः सेसनहरु सुरु भए ।

सेसनः ‘भुईजःसी

साहित्यकारहरुको प्रस्तुति
यस सेसनमा साहित्यकार तथा कविहरुले आफ्नो साहित्य प्रस्तुत गर्नुभएको थियो । यसको सहजीकरण रजनी मिलाले गर्नुभएको थियो । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सुमन तामाङले गर्नुभयो ।

सेसन – ‘कठघरामा’

३ जना राष्ट्रिय साहित्यकारहरुबिचको सेसन

सेसनको वक्ताको रुपमा साहित्यकार प्रगति राई, सुबिन भट्टराई र विवेक ओझा हुनुहुन्थ्यो भने यसको सहजीकरण राजकुमार बानियाँले गर्नुभएको थियो । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीराम के.सीले गर्नुभयो ।

सेसन – बस्तीको माया/ बस्तीको स्वाद

स्थानीय साहित्यकार तथा कविहरुको प्रस्तुती

सेसनमा स्थनीय साहित्यकार तथा कविहरूको प्रस्तुती भएको थियो । यसको सहजीकरण प्रा.डा. लेख निरौलाले गर्नुभएको थियो भने । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिकाका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले गर्नुभयो ।

 

 

 

 

सेसनः ‘टिनएज टक’

स्थानीय किशोर/ किशोरीहरु बिचको महत्वपूर्ण अन्तर्क्रिया

यस सेसनमा नगरपालिकाभित्रका किशोर कोशोरीहरुबिच अन्तर्क्रिया भएको थियो। यसको सहजीकरण साहित्यकार बिना थिङले गर्नुभयो । सेसनको अध्यक्ष बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराई हुनुहुहुन्थ्यो ।

सेसनः ‘सेवारो’

विभिन्न दलका राजनितिज्ञहरुबिच संवाद

यस सेसनमा राजनितिज्ञ डा. राजन कुमार भट्टराई र माननीय प्रदिप पौडेलबिच संवाद भएको थियो। यसको सहजीकरण यस नगरपालिकाका पूर्व नगर प्रमुख उद्धव खरेलले गर्नुभएको छ। सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का पूर्व वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले गर्नुभयो ।

 

सेसन – नाङ्साल

कलाकारीता क्षेत्रको सम्भाव्यताका विषयमा बहस

सेसनको वक्ताको रुपमा प्रसिद्ध कलाकारहरु बुद्धि तामाङ्ग, लक्ष्मी बर्देवा र बिजय बराल हुनुहुन्छ भने यसको सहजीकरण थिएटर आर्टिष्ट केदार श्रेष्ठले गर्नुहुनेछ । सेसनको अध्यक्षता हरिवंश किराँतले गर्नुहुनेछ ।

 

सेसन : “चौतारी”

३ नगर प्रमुख विच विशेष कुराकानी सेसन

यस सेसनमा बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसाल विच विशेष कुराकानी भएको थियो । यसको सभाध्यक्ष सुर्यनाथ उपाध्यायले गर्नुभयो भने सेसन सञ्चालन बिमल आचार्यले गर्नभएको थियो ।

सेसन- ‘महफिल’

गजल प्रस्तुति

यस सेसनमा गजलकारहरुको प्रस्तुति भएको थियो । यसको सहजीकरण प्रकाश समिरले गर्नुभएको थियो भने। सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस नारायण महर्जनले गर्नुभयो ।

 

 

 

मैझारो

महोत्सवको अन्तिम तथा समापनको अवसर पारेर आयोजक समुहले मैझारो सत्र संचालन गरेका थिए । जसमा कवि तथा साहित्यकारहरुले आफ्नो कृतिहरु वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१