चीनमा एक अपार्टमेन्टमा आगलागीमा हुदाँ कम्तिमा १५ को मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०८०, शनिबार १५:२३

बेइजिङ। पूर्वी चीनको नान्जिङमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सो आगलागीमा परी दर्जनौं घाइते भएका  छन्।

नान्जिङको युहुआताई जिल्लामा रहेको आगो आवासीय भवनको पहिलो तल्लाबाट सुरु भएको थियो।

बिहान करिब ६ बजे आगो नियन्त्रणमा लिइएको र हाल खोजी तथा उद्धार कार्य पूरा गरिएको अधिकारीहरूले बताएका छन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार सो आगलागीमा परी घाइते भएका ४४ जनालाई उपचारको लागि स्थानिय अस्पताल पठाइएको थियो ।  ती मध्ये एकको अवस्था निकै गम्भीर रहेको छ ।

र, सो आगो निभाउन २५ वटा दमकल परिचालन गरिएको आपतकालीन सेवाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१