प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र : जनताले जे भन्छन्–त्यो सुनौँ (पूर्णपाठ)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ फाल्गुन २०८०, सोमबार ०७:१८

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र पुजनीय भएपनि यसको पूजा शब्दले गरेर मात्र नपुग्ने बताएका छन् । ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्नेमा जोड दिएका छन् ।

‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा —कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम्सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनलेजे भन्दछन्— त्यो सुनौं — त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ’, पूर्वराजाको भनाइ छ ।

सबैले मिठो खान र राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देश मै गतिलो शिक्षा र क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहने पूर्वराजाको भनाइ छ ।

पूर्णपाठ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१