नक्कली श्रम स्टिकर प्रयोग गरी दुवई जान खोज्ने महिला पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७१, बुधबार १९:३७

image

काठमाडौँ ,१९ कार्तिक। नक्कली श्रम स्टिकर प्रयोग गरी वैदेशिक रोजगारीका लागि दुवई जान खोज्ने महिला पक्राउ परेकी छन् । कास्की लेखनाथ-१ बकी ४० वर्षीया दिलमाया बिक पासपोर्टमा नक्कली श्रम स्टिकर टाँसेर कुवेत जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ परेकी हुन् ।

उनलाई सरकारी छाप दस्तखत किर्ते मुद्धामा अनुसन्धान कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।

भारतको दिल्ली हुँदै दुवई गई बिदामा नेपाल आएकी थिइन् । पुनः दुवई फर्किने क्रममा उनले नक्कली श्रम स्टिकर प्रयोग गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१